मोरङ, नोभेम्बर ९, २०२६ — मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा फलामको रड प्रहारबाट हत्या भएको आरोपमा प्रहरीले मृतककी श्रीमती र अर्का एक पुरुषलाई पक्राउ गरेको छ। फरार रहेकी श्रीमतीलाई भारततर्फ भाग्ने प्रयास गरिरहेका बेला धानबारीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ४० वर्षीय बुधराम सोरेन रहेका छन्। झोराहाटस्थित एक उद्योगमा मजदुरी गर्दै आएका उनी तिहार मनाउन आइतबार घर फर्किएका थिए।






