इलाम, नोभेम्बर १४, २०२६ — इलाम नगरपालिका–१२ बान्द्रेस्थित खोल्सीमा मृत फेला परेकी ६६ वर्षीया जितमती लिम्बुको मृत्यु घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इलाम नगरपालिका–११ निवासी ३२ वर्षीय त्रिभुवन भुजेल रहेका छन्। जितमती गत असोज २१ गते साँझ खोल्सीमा मृत अवस्थामा फेला परेकी थिइन्।






