दाङ, अक्टोबर ७, २०२६ — तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार बुधबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिँदा बालक घाइते भएका थिए।
दुर्घटनामा पप्पु नेपालीका छोरा अन्दाजी दुई वर्षीय आयन नेपाली घाइते भएका थिए। सल्यानको शारदा नगरपालिका–२ खलङ्गा घर भएका उनी हाल दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्दै आएका थिए।
आयनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।






