मुगु, नोभेम्बर १५, २०२६ — रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रवीराज थपलियाले जानकारी दिएका छन्।






