सिन्धुली, नोभेम्बर १७, २०२६ — जनकपुरबाट काठमाडौं जाँदै गरेको माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खस्दा १४ जना घाइते भएका छन्।
मंगलबार दिउँसो प्रदेश २–०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला गाडीमा सवार सबै १४ जना घाइते भएका हुन्।






