बागलुङ, अक्टोबर ५, २०२६ — निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्र प्रसाईंका अनुसार झिवाखोलाबाट बोहरागाउँ जाने भित्री सडक स्तरोन्नति गर्ने क्रममा जेसीबी प्रयोग भइरहेको अवस्थामा अचानक माटोको ढिस्को खसेर तीन जना मजदुर पुरिएका थिए।
लु १ क ३४४६ नम्बरको जेसीबी चालक भद्र मल्लले चलाइरहेका थिए।
मृत्यु हुनेमा सल्यानका २५ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरका राजु थापा मगर रहेका छन्। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
रोल्पाका कृष्णबहादुर घर्तीलाई गम्भीर अवस्थामा उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ।






