काठमाडौं, अक्टोबर २७, २०२६ — काठमाडौंको एक गेस्ट हाउसबाट १२० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलका अनुसार पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन्।
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार उनीहरूलाई काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्ट हाउसबाट नियन्त्रणमा लिइएको हो।






