काठमाडौं, सेप्टेम्बर १४, २०२६ — सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार गर्दै भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्कमा बस्दै आएका २४ वर्षीय सरोज लामा रहेका छन्।
प्रहरीले लामालाई सेप्टेम्बर १३ मा पक्राउ गरी वेश्यागमनको प्रचार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्यादसमेत लिएको छ।
प्रहरीका अनुसार लामाले विभिन्न मूल्य तोकेर ‘केटी मिलाइदिन्छु’ भन्ने आशयका भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको भेटिएको छ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा देखिएको भन्दा फरक हुलिया बनाएर हिँडिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।






