डोटी, अक्टोबर ६, २०२६ — जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर सडकबाट करिब १२० मिटर तल खस्दा मंगलबार बिहान ९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर बिहान करिब ८:४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको हो।
ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ बस्ने २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए।
दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाएको छ।
घाइते हुनेमा डोटीको जोरायल गाउँपालिका–१ चपरचानीका ३३ वर्षीय अमर सिजाली मगर, ४६ वर्षीय डम्बर थापा, १८ वर्षीय भरत थापा मगर र १८ वर्षीय विवश थापा मगर रहेका छन्।






