रुकुम पश्चिम, नोभेम्बर १६, २०२६ — रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ झुल्नेटास्थित एक गेस्टहाउसको कोठामा ३९ वर्षीय पुरुष मृत फेला परेका छन्।
प्रहरीका अनुसार मृतक मुसिकोट नगरपालिका–३ माछिमी निवासी राजेन्द्र केसी हुन्।

रुकुम पश्चिम, नोभेम्बर १६, २०२६ — रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ झुल्नेटास्थित एक गेस्टहाउसको कोठामा ३९ वर्षीय पुरुष मृत फेला परेका छन्।
प्रहरीका अनुसार मृतक मुसिकोट नगरपालिका–३ माछिमी निवासी राजेन्द्र केसी हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हेमन्त गिरीका अनुसार केसीले शनिबार साँझ त्रिवेणी गेस्टहाउस एन्ड रेस्टुरेन्टमा खाना खाएर कोठामा सुतेका थिए।
कोठाको ढोका भित्रबाट बन्द थियो। गेस्टहाउस सञ्चालकले झ्यालबाट हेर्दा केसी ओछ्यानमा सुतिरहेको अवस्थामा देखेपछि बोलाएका थिए। तर कुनै प्रतिक्रिया नआएपछि उनले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी निरीक्षक गिरीका अनुसार स्थानीय जनप्रतिनिधि र आफन्तको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा केसी मृत अवस्थामा भेटिएका थिए।
उनको शव पोस्टमार्टम परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ। घटनाको परिस्थितिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

रुकुम पश्चिमको देउताखोलामा जिप सडकबाट ५० मिटर तल खस्दा दुई जनाको मृत्यु र नौ जना घाइते भएका छन्। गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगिएको छ।
१३-सेप्टेम्बर-२०२६ ०२:४४ PM

मकवानपुरको चित्लाङमा प्रहरीले एसयूभीभित्र लुकाइएको ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थ बरामद गरेको छ। घटनामा दुई जना पक्राउ परेका छन्।
१६-नोभेम्बर-२०२६ ०१:०५ PM

मुगुको ताल्चा–रारा सडकमा पर्यटक सवार गाडी करिब ४०० मिटर तल खस्दा काठमाडौंका तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
१६-नोभेम्बर-२०२६ १०:२२ AM

सुनसरीको हरिनगरस्थित छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। क्षतिग्रस्त पूजास्थल स्थानीय प्रशासन र प्रहरीको पहलमा पुनर्निर्माण गरिएको छ।
१६-नोभेम्बर-२०२६ १०:१४ AM

तिहारका बेला ललितपुरको टिकाथलीमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा तीनसहित चोरीको सुन किन्ने र बिक्रीमा सहयोग गर्ने दुई जना गरी पाँच जना पक्राउ परेका छन्।
१६-नोभेम्बर-२०२६ १०:१० AM

खुकुरी देखाउँदै अश्लील तथा डरत्रास फैलाउने टिकटक भिडियो पोस्ट गरेको आरोपमा सिरहाको गोलबजारका २१ वर्षीय महमद आशिक अन्सारी पक्राउ परेका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
१५-नोभेम्बर-२०२६ १२:३६ PM