काठमाडौं, ११ सेप्टेम्बर २०२६ — खाना पकाउने ग्यासको अभाव भइरहेका बेला बढी मूल्यमा बिक्री तथा कालोबजारी गरेको आशंकामा प्रहरीले काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट ४६१ वटा एलपीजी ग्यास सिलिन्डर बरामद गरेको छ।
उपभोक्ताले सरकारले तोकेको मूल्यभन्दा धेरै रकम तिर्नुपरेको गुनासो आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार विभिन्न स्थानमा निरीक्षण गरेको थियो। सोही क्रममा ठूलो संख्यामा ग्यास सिलिन्डर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।






