धनकुटा, सेप्टेम्बर २०, २०२६ — धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ मा आइतबार यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
ना १ ज २४९४ नम्बरको जिप काजीमानेबाट धनकुटातर्फ जाँदै गर्दा ब्रेक फेल भएको बताइएको छ। त्यसपछि बञ्चरेको काजीमानेमा दुर्घटना हुँदा जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो।






