सप्तरी, नोभेम्बर २५, २०२६ — सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठ रहेका छन्।
मंगलबार राति घरनजिकै आगो बालेर बसिरहेका बेला हात्तीले आक्रमण गर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए।






