बर्दिया, नोभेम्बर २४, २०२६ — बर्दियाको राजापुर नगरपालिका–१० मझरामा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ। सोमबार साँझ घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गर्दा कमलासिंह ठकुरीको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार चितुवाले आक्रमण गरेपछि किशोरीलाई घिसारेर लगेको थियो।






