मुगु, नोभेम्बर २१, २०२६ — मुगुको पश्चिम क्षेत्रमा पर्ने झुगला–रारा–गमगढी सडक खण्ड करिब दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय बासिन्दा, यात्रु र पर्यटकले आवतजावतमा कठिनाइ भोगिरहेका छन्।
खत्याड गाउँपालिका–८ स्थित नुवाखेतमा तीन महिनादेखि पटकपटक सुक्खा पहिरो खस्दा सडकमा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो। स्थानीय विरजङ्ग कार्कीका अनुसार सडक अवरुद्ध हुँदा गाउँपालिकाका ११ वटै वडाका बासिन्दा प्रभावित भएका छन्।






