सिरहा, अक्टोबर १४, २०२६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४ स्थित कदमाहा बजारमा रहेको पार्टी कार्यालयबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले लागूऔषध मुद्दामा फरार रहेका हुसेन पक्राउ परेको पुष्टि गरेका छन्।
प्रहरीका अनुसार, २०८१ मंसिर २९ गते धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट १३० किलो गाँजा बरामद भएको थियो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्दै गरेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।






