सप्तरी, अक्टोबर २५, २०२६ — सप्तरीको बलान बिहुल गाउँपालिका–५ स्थित नेपाल–भारत सीमा क्षेत्र रामनगर कोदरकट्टीमा पटका तस्करीको आरोपमा पक्राउ परेका व्यक्तिलाई छुटाउन खोज्ने समूहले प्रहरी चौकीका इन्चार्ज असई प्रदीपकुमार बिष्टमाथि आक्रमण गरेको छ।
सप्तरी प्रहरीले दिएको जानकारीअनुसार शनिबार साँझ भारतबाट विस्फोटक पदार्थअन्तर्गत पर्ने पटका ल्याउँदै गरेका बोदेबरसाईन नगरपालिका–३ का रामदुलार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। यादवलाई छुटाउन पुगेको समूहले प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।






