मकवानपुर, अक्टोबर ३०, २०२६ — मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका–१ बाघफलमा श्रीमान्–श्रीमतीबीच भएको झगडा र कुटपिटमा श्रीमान्को मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार राति करिब १ बजे स्थानीय ५३ वर्षीय टेकबहादुर मोक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मोक्तानबीच झगडा तथा कुटपिट भएको थियो।






