मकवानपुर, अक्टोबर २९, २०२६ — मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपास्थित देउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया लीला खत्री रहेकी छन्।

मकवानपुर, अक्टोबर २९, २०२६ — मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपास्थित देउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया लीला खत्री रहेकी छन्।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार इपाबाट भीमफेदी हुँदै हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा खत्रीलाई सोही बसले ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। खत्रीको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जनाइएको छ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा सोमबार स्कार्पियो सडकबाट करिब २५० मिटर तल खस्दा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
२७-अक्टोबर-२०२६ १०:४९ AM

उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा ब्रेक फेल भएपछि बोलेरो जीप सडकबाट करिब १० मिटर तल खस्दा चालकसहित १५ जना घाइते भएका छन्।
२६-अक्टोबर-२०२६ ०३:११ PM

काठमाडौंको बबरमहलमा निर्माणाधीन आकाशे पुल यसै साता सञ्चालनमा आउने अपेक्षा गरिएको छ। सडक डिभिजन कार्यालयका अनुसार आयोजनाको कुल लागत २ करोड ५२ लाख ४० हजार रुपैयाँ छ।
२६-अक्टोबर-२०२६ ०२:२५ PM

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले इलेक्ट्रोनिक सामग्री, महिलाका कपडा र किराना सामानसहित २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
२६-अक्टोबर-२०२६ ०१:४१ PM

इलामको देउमाई नगरपालिका–१ चमैतामा चौरीबजारतर्फ जाँदै गरेको बोलेरो जिप सडकबाट खस्दा २१ वर्षीय चालक विपिन दियालीको मृत्यु भएको छ।
२६-अक्टोबर-२०२६ १२:५६ PM

ललितपुरको कुसुन्ती हाइटमा ४ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अन्तिम चरणमा पुगेको छ। यसलाई छठअघि वा लगत्तै सञ्चालनमा ल्याउने लक्ष्य छ।
२५-अक्टोबर-२०२६ ०२:०८ PM