जनकपुर, अक्टोबर ११, २०२६ — जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोप लागेका मोहम्मद ईर्साद खानसँग हिंसा प्रोत्साहन गर्ने तथा अभद्र व्यवहार देखिने टिकटक र रिल्स बनाएको आरोपमा सशस्त्र प्रहरी जवान ऋषि मण्डलमाथि अनुसन्धान भइरहेको छ।
ईर्सादसँग केही महिनाअघि भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी जवान मण्डल अनुसन्धानमा तानिएका हुन्। ईर्सादले बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका–५ मा २४ वर्षीय आमिन साफीमाथि छुरा प्रहार गर्दा उनको मृत्यु भएको थियो। घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन्।





