काठमाडौं, अक्टोबर ११, २०२६ — पूर्वराजा ज्ञानेन्द्र शाहले हालैका प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै यस वर्षको बडादसैँ सामान्य रूपमा मनाउने र सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने परम्परागत कार्यक्रम नगर्ने निर्णय गरेका छन्।
निर्मल निवासस्थित सञ्चार सचिवालयले आइतबार सूचना जारी गर्दै यस वर्षको विजयादशमीमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम नराखिएको जनाएको छ।






