पर्सा, नोभेम्बर ९, २०२६ — पर्साको पकहामैनपुर गाउँपालिका–२ मा आफ्नै घरअगाडि पटका पट्काउने क्रममा छर्रा लागेर सोमबार बिहान एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्। बिहान करिब ८ बजे घरअगाडि पटका पट्काउने क्रममा छातीको बीच भागमा छर्रा लागेर उनी घाइते भएका थिए।






