धनुषा, अक्टोबर २९, २०२६ — विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएपछि फरार रहेका पाँच जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले खोजतलास तथा आवश्यक समन्वयपछि उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू लागुऔषध, सवारी ज्यान तथा बैंकिङ कसुरलगायतका मुद्दामा दोषी ठहर भई सजाय पाएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।






