चितवन, अक्टोबर २९, २०२६ — सर्वोच्च अदालतको आदेशपछि चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा गत साउन १० गतेदेखि रोकिँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउने सेवाग्राही प्रभावित भएका छन्।
यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार स्थानीय एक निजी ट्रायल सेन्टरमार्फत हुँदै आएको सेवा रोक्न अदालतले आदेश दिएपछि परीक्षा सञ्चालन हुन सकेको छैन।






