कपिलवस्तु, अक्टोबर २, २०२६ — कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित चोरखोलामा शुक्रबार बिहान बस र ट्रक आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा बस चालक ३४ वर्षीय सुमन खत्री रहेका छन्।
दुर्घटनामा ना ६ प ३३३३ नम्बरको ट्रक र लु प्रो ०३–००१ ख ००९९ नम्बरको बस संलग्न थिए।
घाइते यात्रुहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






