पोखरा, अक्टोबर ९, २०२६ — कालिका बोर्डिङ स्कुलको विद्यार्थी बोकेको बस मंगलबार पोखरा महानगरपालिका–२८, ओख्लेमा दुर्घटनामा परेको छ। दुर्घटनापछि जारी उद्धार कार्यका क्रममा हालसम्म १८ जनाको उद्धार गरिएको छ।
बस माझठानाबाट विद्यार्थी लिएर आउँदै गर्दा सडकबाट खसेको थियो। दुर्घटनामा बसमा उल्लेख्य क्षति पुगेको छ।






