बर्दिया, नोभेम्बर १७, २०२६ — बर्दियाको बबई नदीस्थित जब्दीघाटमा नयाँ दुई लेनको पुल निर्माण हुने भएको छ। यसका लागि सडक डिभिजन कार्यालय नेपालगञ्ज र चितवनको भरतपुर–३ स्थित एमआर एन्ड ग्रुपबीच ठेक्का सम्झौता भएको छ।
सडक डिभिजन कार्यालयका प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टका अनुसार गत कात्तिक १६ गते सम्झौता भएको हो। सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ।






