काठमाडौं, अक्टोबर १६, २०२६ — नेपाल टेलिकम (एनटीसी) ले ३० एमबीपीएस गतिको वार्षिक फाइबर इन्टरनेट प्याकेज ४,९९९ रुपैयाँमा उपलब्ध गराएको छ। नयाँ प्याकेज आजदेखि लागू भएको छ।
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायकले आफ्नो फाइबर टु द होम (एफटीटीएच) सेवाअन्तर्गत एनटी फाइबरका ग्राहकका लागि यो प्याकेज ल्याएको हो। यसमा वाइफाइ ६ प्रविधिको सुविधा पनि उपलब्ध हुनेछ।
एनटीसीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार इन्टरनेट र टेलिफोन सेवा एकैसाथ जडान गर्ने ग्राहकले १०० एमबीपीएसको वार्षिक प्याकेज ११,४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२,९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६,४९९ रुपैयाँमा लिन सक्नेछन्।
वार्षिक प्याकेज लिने ग्राहकले दैनिक ८०० एमबीदेखि १,००० एमबीसम्म मोबाइल डेटा निःशुल्क पाउनेछन्। साथै, यी प्याकेज लिने ग्राहकका लागि ५०० रुपैयाँको जडान शुल्क नलिने एनटीसीले जनाएको छ।
निजी इन्टरनेट सेवा प्रदायकहरूले सस्तो इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला नेपाल टेलिकमले नयाँ प्याकेज ल्याएको हो।






