काठमाडौं, नोभेम्बर १६, २०२६ — नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि गरेको छ। सञ्चालन आम्दानीमा सामान्य गिरावट आए पनि खर्च घटेका कारण कम्पनीको नाफा बढेको हो।
कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ थियो। यसअनुसार नाफा ४९ करोड ५० लाख रुपैयाँले बढेको हो।






