काठमाडौं, नोभेम्बर २५, २०२६ — वैदेशिक रोजगारीका लागि जापान पठाइदिने प्रलोभन देखाएर २ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ निवासी ३३ वर्षीय कृष्ण हरि दाहाल रहेका छन्।

काठमाडौं, नोभेम्बर २५, २०२६ — वैदेशिक रोजगारीका लागि जापान पठाइदिने प्रलोभन देखाएर २ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ निवासी ३३ वर्षीय कृष्ण हरि दाहाल रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानबाट दाहालले २ करोड ४५ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबसहित जापानमा रोजगारी दिलाइदिने आश्वासन दिएर उनले लामो समयसम्म झुक्याउने गरेको आरोप छ। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र जिल्ला प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा दाहाललाई पक्राउ गरिएको कार्कीले जानकारी दिए।
अनुसन्धानका क्रममा दाहालले पीडितहरूलाई शिरबहादुर गजुरेलको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको खुलेको छ। रकम जम्मा गर्न आनाकानी गर्ने व्यक्तिलाई भने आफू नै शिरबहादुर गजुरेल भएको दाबी गर्दै रकम फिर्ता गर्ने लिखित कागजसमेत दिने गरेको पाइएको प्रहरीले जनाएको छ।

काठमाडौँको माछापोखरी चोकमा असोज ३१ गते विवादपछि भएको झगडामा २० वर्षीय सुवास तामाङको मृत्यु भएको छ। प्रहरीले घटनामा संलग्न आरोपमा अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ।
१८-अक्टोबर-२०२६ १२:३६ PM

काठमाडौंको तार्केश्वरमा दुई राउण्ड हवाई फायरपछि पक्राउ परेका ४१ वर्षीय बासुर्दिन मियाँको साथबाट प्रहरीले ३०० ग्राम खैरो हेरोइन बरामद गरेको छ।
१४-अक्टोबर-२०२६ ०१:२७ PM

प्रहरीले काठमाडौँ र सिन्धुलीबाट भालुको पित्त र हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहारसहित तीन जनालाई पक्राउ गरी अनुसन्धानका लागि सम्बन्धित डिभिजन वन कार्यालय पठाएको छ।
०६-अक्टोबर-२०२६ ०५:०२ PM

काठमाडौंको तिनथानास्थित खाद्य स्टोरमा म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति र नक्कली लेबल लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
०३-अक्टोबर-२०२६ १२:१५ PM

काठमाडौंमा मोबाइल चोरीको आरोपमा सुरेश हुमागाईँ र विवेककुमार शर्मा पक्राउ परेका छन्। उनीहरूबाट २५ थान चोरीका मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
०३-अक्टोबर-२०२६ ११:२३ AM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो पहेँलो धातुसहित भारतीय नागरिक असलम शोकत पक्राउ परेका छन्।
२८-सेप्टेम्बर-२०२६ ०१:३४ PM
हालसम्म यस प्रकरणमा १७ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्।
दाहाललाई प्रहरीले पक्राउ गरी मंगलबार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसै प्रकरणमा दाहाल र शिरबहादुर गजुरेलबाट ठगिएका अन्य व्यक्तिलाई समेत सम्पर्कमा आउन आग्रह गरेको छ।