काठमाडौं, १६ अगस्ट २०२६ — नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको यो प्रारम्भिक तथा अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४७.५८ प्रतिशतले बढेको हो।
आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्म नेपाल टेलिकमले ६ अर्ब रुपैयाँ खुद नाफा कमाएको थियो। त्यसको तुलनामा यसपटक नाफा २ अर्ब ८५ करोड रुपैयाँले बढेको छ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा प्रमुख वित्तीय सूचकहरूमा समेत सुधार गरेको छ।
करअघिको नाफा ३४.६६ प्रतिशतले बढेर १३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ९ अर्ब ८५ करोड रुपैयाँ थियो।
त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी (EBITDA) २० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा EBITDA १८ अर्ब ४९ करोड रुपैयाँ थियो।






