काठमाडौं, नोभेम्बर २५, २०२६ — सरकारले पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशत रकम अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बताएका छन्। प्रविधिको विकासमार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउने सरकारको प्राथमिकता रहेको उनको भनाइ छ।
मंगलबार दिउँसो काठमाडौंस्थित इजरायली दूतावासले आयोजना गरेको ‘इजरायल साइबर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ विषयक कार्यक्रममा बोल्दै मन्त्री पुनले अनुसन्धान, नवप्रवर्तन र प्रविधिको विकासलाई अघि बढाउन सरकारले छुट्टै मन्त्रालय स्थापना गरेको जानकारी दिए।






