
प्राधिकरणले अनुमतिपत्र रद्द भएको यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल्ने निर्णय गरेको छ भने पाँच आईएसपीको अनुमतिपत्र नवीकरण र एनसेललाई सम्पत्ति हस्तान्तरण योजना बुझाउन निर्देशन दिएको छ।

नेपाल टेलिकमले अगस्टमा ११ जिल्लाका १३ स्थानमा नयाँ २जी र ४जी मोबाइल साइट सञ्चालनमा ल्याउँदै नेटवर्क कभरेज विस्तार तथा मोबाइल र डेटा कनेक्टिभिटी सुधार गरेको छ।

नेपाल टेलिकमले बाजुराको बडिमालिका क्षेत्रमा फोरजी सेवा विस्तार गरेको छ। करिब ४,२३० मिटर उचाइमा टावर निर्माण भएपछि स्थानीय, तीर्थयात्री र पर्यटकलाई भरपर्दो सञ्चार सुविधा उपलब्ध भएको छ।

एनसेल र साइमेक्स इंकले नेपालमा बीवाईडी सवारीसाधनमा आईओटी सिम जडान गर्ने साझेदारी गरेका छन्। यसबाट ग्राहकले फोन वा हटस्पटबिना युट्युब, स्पोटिफाइ, नेभिगेसनलगायत सेवा प्रयोग गर्न सक्नेछन्।