बिहार, भारत, अक्टोबर ३, २०२६ — रौतहटको सदरमुकाम गौरसँग सीमा जोडिएको भारतको बिहारस्थित सीतामढी जिल्लाको बैरगनिया प्रखण्डमा धान खेतमा बिछ्याइएको खुला विद्युतीय तारबाट करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
बैरगनिया प्रखण्डअन्तर्गत अख्ता पश्चिमी चकवा पञ्चायत–५ स्थित तकिया टोलमा शनिबार बिहान भएको घटनामा तीन स्थानीयवासीको घटनास्थलमै मृत्यु भएको हो। घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ।
घटनास्थलमा दुई वटा जंगली बँदेलसमेत मृत अवस्थामा फेला परेका छन्।
प्रारम्भिक विवरणअनुसार खेतमा जंगली जनावरबाट बाली जोगाउन खुला विद्युतीय तार बिछ्याइएको हुन सक्ने आशंका गरिएको छ।
भैंसी खोज्न खेततर्फ पुगेका व्यक्तिहरूलाई विद्युतीय तारबारे जानकारी नभएका कारण दुर्घटना भएको बताइएको छ।






