काठमाडौं, अक्टोबर १४, २०२६ — सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, ४२ वर्षीय भारतीय नागरिक रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव रहेका छन्।
उनीहरूमाथि सार्वजनिक यातायातका यात्रुलाई दुःख तथा हैरानी दिएको आरोप छ।
अभद्र व्यवहारको कसुरमा उनीहरूलाई तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।






