उदयपुर, अक्टोबर १४, २०२६ — उदयपुरको त्रियुगा नगरपालिका–१२ मा दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय एक वृद्धको मङ्गलबार साँझ मृत्यु भएको छ।
मृत्यु हुनेमा पुरानो गाईघाटस्थित ज्योति नगर टोलका बद्रीनारायण चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो। तर, अस्पतालले उपचार सुरु हुनुअघि नै उनको मृत्यु भएको घोषणा गरेको थियो।
प्रहरीका अनुसार चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने प्रक्रिया भइरहेको छ।






