नैरोबी, केन्या, अक्टोबर २, २०२६ — अमेरिकी सहायता कटौतीपछि उपचार तथा स्वास्थ्य सेवामा पहुँच गुमाएका केन्याका कम्तीमा २४ जना एचआईभी संक्रमित यौनकर्मीको मृत्यु भएको फ्रन्टलाइन स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। स्वास्थ्य संस्थाहरूले यौनकर्मीमा एचआईभी संक्रमण बढ्दै गएको र त्यसको असर व्यापक जनसंख्यामा पर्न सक्ने चेतावनी दिएका छन्।
मृत्यु हुनेमध्ये नैरोबीकी ३६ वर्षीया यौनकर्मी जुडी पनि थिइन्। उनी सन् २०१७ मा एचआईभी संक्रमित भएको पत्ता लागेको थियो। उनकी साथी डायनाका अनुसार जुडीले बार होस्टेस एम्पावरमेन्ट एन्ड सपोर्ट प्रोग्राम (बीएचईएसपी) को सहयोगमा आफ्नो स्वास्थ्य व्यवस्थापन गर्दै आएकी थिइन्। उक्त संस्थाले उनलाई एचआईभीविरुद्धको औषधि, कन्डम र कहिलेकाहीँ खाना उपलब्ध गराउँदै आएको थियो।





