काठमाडौं, सेप्टेम्बर २८, २०२६ — एक्सपेङले आफ्नो जी६ इलेक्ट्रिक एसयूभीमा दसैं लक्षित विशेष अफर सार्वजनिक गरेको छ। ‘सेलिब्रेसन अपग्रेड’ अभियानअन्तर्गत जी६ खरिद गर्ने ग्राहकले १२ लाख रुपैयाँसम्मको लाभ पाउने कम्पनीले जनाएको छ।
चाडपर्व लक्षित प्याकेजमा नगद छुटसहित विभिन्न अतिरिक्त सुविधा समावेश छन्। ग्राहकले ६.६ किलोवाटको वाल-माउन्टेड चार्जर, एक वर्षको बिमा र एक आर्थिक वर्षको सडक कर पनि प्राप्त गर्नेछन्।
अभियानअन्तर्गत एक्सपेङले होम टेस्ट ड्राइभ सुविधा पनि उपलब्ध गराएको छ। ग्राहकले घरमै जी६ को टेस्ट ड्राइभ बुक गरी शोरुम नगई यसको फिचर, प्रविधि र ड्राइभिङ अनुभव लिन सक्नेछन्।
एक्सपेङ जी६ लाई प्रिमियम इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको छ। यसमा आधुनिक डिजाइन, लामो दूरीको यात्राका लागि डिजाइन गरिएको ब्याट्री तथा उन्नत ड्राइभर-असिस्टेन्स प्रविधि रहेको छ। यसको केबिनमा विभिन्न प्रविधि तथा आरामसम्बन्धी सुविधा पनि छन्।






