काठमाडौं, २५ अगस्ट २०२६ — यत्री पी२ विद्युतीय स्कुटरको नेपालमा प्रि-बुकिङ खुला भएको छ। सिप्रदी यत्रीले काठमाडौंमा सुरु भएको नाडा अटो शो २०२६ मार्फत पी२ को बुकिङ लिन थालेको हो।
कम्पनीले स्कुटरको आधिकारिक मूल्य भने सार्वजनिक गरिसकेको छैन। नाडा अटो शोअघि नै पी२ सार्वजनिक गरिएको थियो। यसलाई नेपालमै डिजाइन, विकास र उत्पादन गरिएको विद्युतीय स्कुटरका रूपमा सिप्रदी यत्रीले बजारमा ल्याउन लागेको हो।






