काठमाडौं, २५ अगस्ट २०२६ — ज्याकोले सानो ब्याट्री प्याक र कम मूल्यसहित नयाँ जे५ प्रो विद्युतीय एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ।
नेपालमा ओमोडा र ज्याकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नाडा अटो शो २०२६ मार्फत नयाँ जे५ प्रोको बिक्री सुरु गरेको हो। कम्पनीले पहिलो १०० ग्राहकका लागि यसको प्रारम्भिक मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकेको छ।






