मुस्ताङ, १३ सेप्टेम्बर २०२६ — रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनबाट हुने आयात कोरला नाकातर्फ बढ्दा मुस्ताङको नेचुङस्थित भन्सार कार्यालयले १५ दिनमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
लोमान्थाङ गाउँपालिका–४ स्थित नेपाल–चीन उत्तरी कोरला नाकामा रहेको मुस्ताङ भन्सार कार्यालयले शुक्रबार मात्रै २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। अगस्ट २८ देखि दैनिक औसत करिब ३० करोड रुपैयाँ राजस्व संकलन भइरहेको छ।






