काठमाडौं, १६ नोभेम्बर २०२६ — चिनियाँ सवारी उत्पादक चेरीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले चेरी क्यूको प्रिमियम भेरियन्ट सार्वजनिक गर्दै यसको बिक्री सुरु गरेको छ।
कम्पनीले यसअघि नाइमा र नाडा अटो शोमा चेरी क्यू प्रदर्शन गरी बुकिङ खुला गरेको थियो। ती प्रदर्शनीमा बुकिङ गरेका ग्राहकलाई अहिले गाडी हस्तान्तरण गर्न थालिएको पायोनियरले जनाएको छ।






