सिन्धुली, नोभेम्बर ६, २०२६ — सिन्धुलीको भिमानमा शुक्रबार ट्रक र स्कुटर आपसमा ठोक्किँदा ट्रकमा आगलागी भएको छ। दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका छन् भने ट्रकमा रहेका करिब ८० प्रतिशत सामान जलेर नष्ट भएका छन्।
काठमाडौँबाट कृष्ण ट्रान्सपोर्टको सामान बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२–ख १२३६ नम्बरको ट्रक स्कुटरसँग ठोक्किएपछि आगलागी भएको हो।






