काठमाडौँ, नोभेम्बर ४, २०२६ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बेतलबी बिदाको अवधि सेवा अवधिमा जोडेर पेन्सन नदिने निर्णय गरे पनि यसअघि नै त्यसरी पेन्सन लिइरहेका केही प्राध्यापक तथा कर्मचारीलाई भुक्तानी जारी राखेको पाइएको छ।
बेतलबी बिदा जोडेर प्राध्यापकले पेन्सन लिइरहेको विषयमा अनलाइनखबरले २०८१ फागुनमा समाचार प्रकाशित गरेको थियो। त्यसपछि त्रिवि कार्यकारी परिषद्ले २०८२ जेठ २८ गते निर्णय नम्बर ७७७ मार्फत बेतलबी बिदाको अवधि सेवा अवधिमा गणना नगरी पेन्सन दिने निर्णय गरेको थियो।






