काठमाडौं, अक्टोबर ३१, २०२६ — सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्काका लागि आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला सिँचाइ विभागका महानिर्देशक र आयोजना निर्देशकलाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बुझाएको छ।
सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो। रजौरियालाई सिरहाबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो।






