काठमाडौं, अक्टोबर ३१, २०२६ — अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेका छन्। उनीहरूले प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग कुरा गर्नुपर्ने भन्दै उनीहरूलाई लिन आएको बताएका छन्।
कार्यालयमा चार जना प्रहरी पुगेको एक पत्रकारले जानकारी दिएका छन्। ती पत्रकारका अनुसार प्रहरीले विश्वकर्मा र ढुंगानासँग कुराकानी गर्नुपर्ने बताएको थियो।






