गोरखा, नोभेम्बर २४, २०२६ — मंगलबार बिहानै चलेको हावाहुरीले गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र केही घरका छाना उडाएको छ।
स्थानीयका अनुसार हावाहुरीले सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको हो।

गोरखा, नोभेम्बर २४, २०२६ — मंगलबार बिहानै चलेको हावाहुरीले गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र केही घरका छाना उडाएको छ।
स्थानीयका अनुसार हावाहुरीले सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको हो।
विद्यालयकी स्थानीय शिक्षिका सपना गुरुङले हुरीले विद्यालयको जस्तापाता उडाएको जानकारी दिइन्। उनका अनुसार कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि हावाले उडाएको छ।
हावाहुरी चलिरहे पनि आकाश भने पूर्ण रूपमा खुला रहेको र घाम लागिरहेको गुरुङले बताइन्।
“आकाश पूर्ण रूपमा खुला छ, घाम लागिरहेको छ। बादल लागेको छैन, तर हावा चलिरहेकै छ,” उनले भनिन्।
हावाहुरीले जंगलका पातपतिङ्गरसमेत उडाएर गाउँका विभिन्न ठाउँमा थुपारेको गुरुङले जानकारी दिइन्।

बाढीले पुल र सडक बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा स्याउ ढुवानी अवरुद्ध भएको छ। नाम्रुङमा उत्पादित १ लाख किलो स्याउ खेर जाने जोखिम बढेको छ।
२९-अक्टोबर-२०२६ १२:४६ PM

भोटेकोशी–त्रिशूली नदी करिडोरमा बाढीले क्षति पुर्याएका १८ झोलुङ्गे पुल करिब ५ करोड ५० लाख रुपैयाँ खर्चमा मर्मतपछि पुनः सञ्चालनमा आएका छन्।
१६-अक्टोबर-२०२६ १०:३६ AM

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ७० विदेशी नागरिकसहित १ हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सरकार, नेपाली सेना र रेडक्रसले उद्धार तथा राहत वितरण जारी राखेका छन्।
१५-अक्टोबर-२०२६ ०२:२१ PM

अक्टोबर ११, २०२६ मा बुढीगण्डकीमा आएको बाढीले गोरखामा १० जना बेपत्ता बनाएको, ६ पुल बगाएको र चुमनुब्री गाउँपालिकामा करिब ३५ घर बगाएको छ।
११-अक्टोबर-२०२६ ०१:२१ PM

बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको सल्लेरीस्थित ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण शिविर र उपकरण बगाएको छ। अन्य संरचनामा भएको क्षतिको विवरण आउन बाँकी छ।
११-अक्टोबर-२०२६ १०:४८ AM

गोरखामा आएको बाढीले दुई पुल बगाउनुका साथै माछीखोला बजारमा क्षति पुर्याएको छ। चार पशु गोठ र १५ याक बगाउँदा चार जना बेपत्ता भएका छन्।
११-अक्टोबर-२०२६ १०:२६ AM