इलाम, १२ सेप्टेम्बर २०२६ — इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी कमरे भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
मङ्गलबारेबाट हाङ्मासुलीतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००३ ह ६९६७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको हो। दुर्घटनालगत्तै अटोबाट पेट्रोल लिक भएर आगलागी भएको थियो।
दुर्घटनामा फाकफोकथुम गाउँपालिका–६ पोखरी बजारका ३५ वर्षीय अटो चालक लोकबहादुर श्रेष्ठ, इलाम नगरपालिका–७ तिल्केनीकी २७ वर्षीया कविता श्रेष्ठ र उनकी आठ वर्षीया छोरी खुसिका श्रेष्ठ गम्भीर घाइते भएका छन्।
फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुली माइती भएकी कविता घर फर्कने क्रममा दुर्घटनामा परेकी हुन्।
दुर्घटनामा देउमाई नगरपालिका–४ मङ्गलबारेकी २२ वर्षीया दुर्गादेवी श्रेष्ठ र झापाको कनकाई नगरपालिका–माईधारकी ४० वर्षीया रमा कुमारी श्रेष्ठ सामान्य घाइते भएका छन्।






