सोलुखुम्बु, अक्टोबर ३०, २०२६ — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी नवीनराजा बुढाथोकीले होटलमा आगलागी भएको जानकारी दिएका हुन्।

सोलुखुम्बु, अक्टोबर ३०, २०२६ — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी नवीनराजा बुढाथोकीले होटलमा आगलागी भएको जानकारी दिएका हुन्।
प्रारम्भिक जानकारीअनुसार ग्यास पल्टिएर आगलागी भएको खबर आएको बुढाथोकीले बताए।
आगलागीबाट कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए। आगो निभाउने प्रयास भइरहेको पनि उनले बताए।

नक्कली टिकटक आईडी बनाएर स्थानीय व्यक्तिका फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको आरोपमा सिरहाबाट २३ वर्षीय सञ्जयकुमार यादव पक्राउ परेका छन्।
३०-अक्टोबर-२०२६ ११:२० AM

महिलालाई लक्षित धम्की भएको भनिएको अडियोबारे रास्वपाको छानबिन चलिरहेका बेला सांसद खगेन्द्र सुनार निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी संसदीय उपसमिति बैठकमा अनुपस्थित भएका छन्।
२९-अक्टोबर-२०२६ ०२:१९ PM

सिरहाको मार्डरमा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद भएको छ।
२९-अक्टोबर-२०२६ १२:२६ PM

कास्कीमा मदिरा सेवनका क्रममा सुरु भएको विवाद र त्यसपछिको झडपपछि २२ वर्षीय राजेन्द्र पौडेलको मृत्यु भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
२९-अक्टोबर-२०२६ ०८:१६ AM

सिन्धुलीमा सुमो जिप सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन यात्रुमध्ये दुई जनाको शव फेला परेको छ। अर्का यात्रुको खोजी नेपाल प्रहरी र सशस्त्र प्रहरीले जारी राखेका छन्।
२८-अक्टोबर-२०२६ १०:२० AM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्। उनीहरू थाइल्यान्डबाट मलेसिया हुँदै बाटिक एयरको उडानमार्फत काठमाडौँ आएका थिए।
२८-अक्टोबर-२०२६ १०:१२ AM