न्युयोर्क, अमेरिका, सेप्टेम्बर २५, २०२६ — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग बिहीबार साँझ न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि स्थानीय समयअनुसार साँझ ६:३० बजे महासचिव गुटेरेससँग भेट गरेका हुन्। उक्त समय नेपालमा शुक्रबार बिहान ४:१५ बजेको थियो।






